दफा ६
स्वास्थ्य संस्थाको नवीकरण
ः
(१) स्वास्थ्य संस्थाले सूचीकृत प्रमाणपत्रको अवधि समाप्त हुनु भन्दा तीस दिन अगावै नवीकरणको लागि विभागले तोकेको नवीकरण शुल्क सहित सम्बद्ध अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेको सात कार्य दिनभित्र सम्बद्ध अधिकारीले त्यस्तो स्वास्थ्य संस्थाको सूचीकृत प्रमाणपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(३) कुनै स्वास्थ्य संस्थाले उपदफा (१) बमोजिमको म्यादभित्र सूचीकृत प्रमाणपत्रको नवीकरणको लागि निवेदन दिन नसकेको मुनासिव कारण खुलाई सूचीकृत प्रमाणपत्र नवीकरण र विलम्ब शुल्क सहित सूचीकृत प्रमाणपत्र बहाल रहने अवधि सम्म निवेदन दिन आएमा सम्बद्ध अधिकारीले सात कार्य दिनभित्र सूचीकृत प्रमाणपत्र नवीकरण गरिदिनु पर्नेछ ।